ताजा समाचार

कुलपूजाका लागि जाँदै गरेको जीप बाग्लुङमा दुर्घटना, १४ को मृत्यु

बाग्लुङ । गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको निसिखोला आउँदै गरेको ग१ज ५२१९ नंको जीप दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो ।

जीपमा रहेका मध्ये नौ महिला, चार पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । एकजना भने बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ भने जीपका चालकको समेत मृत्यु भइसकेकाले दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

अन्य तीन जनालाई उद्धार गरी उपचारका लागि बुर्तिवाङ पठाइएको छ । उद्धार कार्य जारी छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org