ताजा समाचार

जिप दुर्घटनाका घाइतेको उद्दारका लागि हेलिकप्टर लिएर बाग्लुङ पुगे गोकर्ण विष्ट

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–७ घोपर्नामा मंगलवार बिहान भएको जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

अन्य ३ जना गम्भिर घाइते भएका छन् । दुर्घटनामा गम्भिर घाइते हुनेहरुमा गुल्मी इश्मा गाउँपालिका ४ का हिमाल कार्की , निमा केसी र नवलपरासी बर्दघाट नगरपालिका २ का जीवन कार्की, रहेका छन् । उनीहरुलाई बुर्तिबाङमा सामान्य उपचार गरिएको छ ।

घाइतेको थप उपचारको लागि गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले नेपाली सेनाको हेलिकप्टर लिएर वुर्तिबाङ पुगेका छन् । उनी गम्भीर घाइतेहरुलाई लिएर काठमाडौ तर्फ प्रस्थान गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org