ताजा समाचार

उपचुनावको समिक्षा पठाउन नेकपाको तल्ला कमिटीलाई निर्देशन

नेकपा सचिवाल बैठकले गर्‍यो प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनाको प्रस्ताव पारित

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपचुनावको समिक्षा माग्ने भएको छ ।

आज पार्टी कार्यालय धुम्बाराहीमा वसेको नेकपाको सचिवालय बैठकले तल्ला कमिटीसँग मंसिर १४ मा सम्पन्न उपनिर्वाचनको समिक्षा माग्ने निर्णय गरेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा, प्रदेशसभा, नगरपालिका, गाउँपालिका, वडा कमिटीलाई निर्वाचनको समिक्षा पठाउन निर्देशन दिने जनाए

प्रचण्डले नेकपाको कार्यकारी अध्यक्षको भुमिका सम्हालेपछि धुम्बाराहीमा बसेको बैठकले स्थायी कमिटी र केन्द्रिय समितिको बैठक बोलाउने विषयमाछलफल हुने र आगामी २३ गते सचिवालय बैठक बस्ने समेत प्रवक्ता श्रेष्ठले जनाए ।

यस्तै, दाङमा नेकपाकै बागी उम्मेदवारका कारण चुनाव हारिएको बाहेक अन्यत्र निर्वाचनमा अन्तरघातको कुरा नआएको समेत उनले जानकारी दिए । भने, सचिवालय बैठकले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामनाको प्रस्ताव समेत पारित गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org