ताजा समाचार

१३ औं सागः करातेमा नेपालकी अनुपमाले जितिन् स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा नेपालकी अनुपमा मगरले स्वर्ण जितेकी छिन् ।

महिला ६८ केजी माथिको कुमुतेमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर स्वर्ण जितेकी हुन् ।

अनुपमाले पाकिस्तानकी नार्गिसलाई ६-३ ले हराईन् । पाकिस्तानी खेलाडी एसियन गेम्समा कास्यधारी खेलाडी हुन् ।

यस स्पर्धामा श्रीलंका र बंगलादेशले कास्य जित्यो ।

करातेको पुरुष ५० केजीमा नेपालका सोनाम लामाले कास्य जिते । यस स्पर्धामा बंगलादेशले पनि कास्य जित्यो ।

पाकिस्तानले स्वर्ण र श्रीलंकाले रजत हात पारे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org