ताजा समाचार

डोटीमा जिप दुर्घटनामा परी १ जनाको मृत्यु

डोटी । जिल्लाको जोरायल गाउँपालिका–२ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ ।

कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जीप राति साढे ८ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

मृत्यु हुनेमा जोरायल ४ बस्ने अन्दाजी २१ वर्षीय जीप चालक आश्रम थापा मगर रहेको प्रहरीले जनाएको छ ।

जीप के कति कारणले अनियन्त्रित भएको हो भन्ने विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org