ताजा समाचार

पाल्पामा जीप दुर्घटना हुँदा२ जनाको मृत्यु

बुटवल । बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको केराबारी र चाैबिस माइलको बीचमा लु१ज ४२०९ नम्बरको जीप दुर्घटना भएको हो ।

जीप बुटवलमा मर्मत गरेर पाल्पा फर्किदै गरेको अवस्थामा सडकबाट खोलामा खसेको प्रहरीले जनाएको छ । प्रदेश ५ प्रहरी कार्यालयका अनुसार जीमा कति जना सवार थिए बन्नेबारे खुलेको छैन भने, दुर्घटनामा मृत्यु हुनेको सनाखत समेत हुन सकेको छैन् ।

सडकबाट करिब पाँच सय मिटर तल खसेको जीप टुक्रा-टुक्रा भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org