ताजा समाचार

प्रधानमन्त्रीको भोली डिस्चार्ज हुन्छः प्रचण्ड

सीमा विवादबारे भारतीय कुटनितिज्ञ श्यामशरणको धारणा अत्यन्तै भर्त्सनाजनक

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको भोली अस्पतालबाट डिस्चार्ज हुने जनाएका छन् ।

नेकपाका अध्यक्ष प्रचण्डले सरकार र पार्टीको गतिविधि सामान्य ढंगले चलेको भन्दै उनले प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधार भइरहेको जानकारी दिएका छन् ।

देशमा राजनीतिक घटना सामान्य नै चलेको भन्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा राजनीतिक र कुटनीतिक पहल गरेर फिर्ता गर्न सरकारले भारतीय दुतावासमार्फत पत्र पठाइसकेको जनाएका छन् ।

सरकारले सीमा विवादलाई समाधान गर्न राजनीतिक र कुटनिति पहल गर्दा समस्याको समाधान गर्दा सहज हुने भन्दै देशको भुमी फिर्ता गर्दा अन्तराष्ट्रियकरणको कुरा उठाएर समस्या सिर्जना नगर्न सबैमा समेत आग्रह गरेका छन् ।

नेपालका लागि भारतीय पूर्व राजदुत श्यामशरणले सीमा विवादलाई लिएर बोलेको कुरा अत्यन्तै भत्सनाजनक भएको प्रचण्डले जनाए । श्यामशरणलाई नेपालले अत्यन्तै कुटनीतिक मान्छे मानेको भन्दै उनको भाषा र शब्दप्रति प्रचण्डले असन्तुष्टि पोखेका हुन् । यद्यपी श्यामशरणले नेपालले सीमा विवादवारे राजनीतिकरण गर्न खोजिए भारतमा भएका ८० लाख नेपालीलाई समस्या पर्नेतर्फ संकेत गरेको जनाइएको छ ।

यस्तै, प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै चीन भ्रमणमा जाने कुरा सहज र स्वभाविक नहुने भएका कारण हाललाई स्थगित गरिएको जनाए । उनले टु प्लस वान भन्ने धारणनका कारण आफनो चीन भ्रमण स्थगित नभएको समेत प्रष्ट पारे । टु प्लस वान नभएर थ्री नै हुनेमा आफू आशावादी रहेक समेत उनले जनाए । उनी अहिले सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गरेको एक कार्यक्रमको सिलसिलामा सुदूरपश्चिम प्रदेशमा रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org