ताजा समाचार

१३ औं साग खेलकुदः ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले जिते स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्सको ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहान भएको खेलमा नेपालका गोपीले निर्धारित दुरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् ।

योसँगै नेपालको स्वर्ण पदक संख्या ३७ पुगेको छ । यस्तै एथ्लेटिक्समा नेपालले जितेको यो दोस्रो स्वर्ण हो ।

त्यस्तै रजत पदक भारतको पोल्टामा परेको छ । भारतका सुनील दवालले १४ मिनेट ५५.२१ सकेन्डमा दूरी पार गर्दै रजत पदक जितेका हुन् ।

कास्य पदक भने नेपालले जितेको छ । नेपालका हरि रिमालले कास्य जितेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org