ताजा समाचार

सिद्धबाबामाथिको अनुसन्धान नसकिएपछि म्याद थपका लागि अदालत लगियो

विराटनगर । बलात्कार प्रयास आभियोगमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले म्याद थपका लागि अस्पतालबाट अदालत लगेको छ ।

आफनै अनुयायीमाथि बलात्कार प्रयासको अभियोगमा पक्राउ परेका सिद्धबाबामाथि अनुसन्धान नसकिएको भन्दै प्रहरीले म्याद थपका लागि अदालत लगेको हो ।

अदालतले अनुसन्धानका लागि दिएको चारदिने म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि उनलाई अस्पतालबाट जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएको हो ।

विराट नर्सिङ होमको आइसियुबाट गएको मंसिर १६ गते पक्राउ परेका सिद्धबाबामाथिको अनुसन्धान नसकिएको भन्दै आज म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । सिद्धबाबाबालाई ४ दिन नियन्त्रणमा लिएर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो । अदालतले दिएको समयसीमामा अनुसन्धान नसकिएपछि प्रहरीले थप समय माग गर्दै पुनः उनलाई अदालतमा हाजिर गराएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org