ताजा समाचार

१३औं सागः पुरुष क्रिकेटमा माल्दिभ्सलाई ८४ रनले हराउँदै नेपाल विजयी

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलुकद (साग) अन्तर्गतको पुरुष क्रिकेटमा  नेपाल अन्तर्गत शुक्रबारको खेलमा नेपाल विजयी भएको छ ।

टस जितेर व्याटिङ रोजेको नेपालले माल्दिभ्सलाई ८४ रनले हराएको हो । नेपालले दिएको १६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्स पुरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा ७९ रनमा समेटियो ।

पहिलो व्याटिङ गरेको नेपालका लागि करण केसीले नटआउट ४० रन, दिपेन्द्रसिंह ऐरीले ३९ रन, कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले  १९–१९ रनमात्र जोडेका थिए । नेपालका सुसन भारी र ललितनारायण राजवंशीले दुईदुई विकेट लिएका थिए भने पवन सरार्फले एक विकेट लिए ।

माल्दिभ्सका लागि मोहम्मद आजमले नटआउट १७ र इब्राहिम हसनले नटआउट १२ रन जोडे ।  सँगै मोहम्मद रिजवानले १३ र अलि इभानले १३ रन जोडे । नेपालको बलिङसामु कमजोर सावित हुँदा माल्दिभ्स पराजित भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org