ताजा समाचार

कोहलपुरमा विद्यार्थी र प्रहरीबीच झडप, डीएसपी शाहीसहित ९ प्रहरी घाइते

कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करले एक बालिका घाइते भएपछि त्यहाँको स्थिति तनावग्रस्त बन्न पुगेको छ ।

विद्यार्थीको प्रदर्शनको क्रममा कोहलपुरका डीएसपी हेमराज शाहीसहित ९ प्रहरी घाइते भएका छन् ।

प्रदर्शनको क्रममा भीडलाई नियन्त्रण लिन खोज्दा घाइते भएका डिएसपी शाहीसहित अन्य प्रहरीहरुको उपचार कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्द घाइते भएकी हुन् ।

स्कुले बालिका घाइते भएपछि आक्रोशित विद्यार्थीले ट्रकमाआगजनी गर्नुका साथै ढंगामुढा गरेका छन् । स्थितिलाई नियन्त्रनमा लिन प्रहरीले बल प्रयोग गर्नुका सातै केहि राउण्ड हवाई फआयर समेत गरेको छ । (यसअघिको समाचारमा मृत्यु शब्दको प्रयोग भएकोमा क्षमायाचनासहित सच्याइएको छ । स. )

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org