ताजा समाचार

कोहलपुरमा प्रहरीको गोली लागेर स्कुले विद्यार्थी गम्भीर घाइते

बाँके । जिल्लाको कोहलपुरमा ट्रकले स्कुले बालिकालाई ठक्कर दिएपछि उनको मृत्युले कोहलपुर तनावग्रस्त बनेको छ ।

बालिकालाई ठक्कर दिएपछि ट्रकका चालक भागेर इलका प्रहरी कार्यालय कोहलपुरमा पुगेका थिए । सोहि क्रममा प्रहरीले चालकलाई जोगाउन खोजेको भन्दै आक्रोशित स्थानियले प्रहरी कार्यालय तोडफोडका साथै प्रदर्शन गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रण लिन हवाई फायर गरेको जनाएको छ ।

यसैबीच प्रहरीले चलाएको गोली लागेर त्रिभुवन माविमा कक्षामा ९ का विद्यार्थी सुशील थापा गम्भीर घाइते भएका छन् ।

थापाको अहिले नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ जनाइएको छ । भने यता प्रहरीका डीएसपी हेमराज शाही समेत घाइते भएका छन भने उनीसहित ९ जना प्रहरी घाइते भएक०ो प्रहरीले जनाएको छ भने उनीहरुको उपचार भइरहेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org