ताजा समाचार

साग खेलकुदः महिला क्रिकेटको उपाधि बंगलादेशलाई

पोखरा । १३ औं साग अन्तर्गत महिला टि-२० क्रिकेट प्रतियोगिताको उपाधि बंगलादेशले जितेको छ ।

लो स्कोरिङ म्याचमा श्रीलंकालाई हराउँदै बंगलादेशले २ रनको रोमाञ्चक जित निकालेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रनमा समेटिएको हो । ९२ रनको लक्ष पछ्याउन श्रीलंकाले अन्तिम ओभर जित्नका लागि ७ रनको आवश्यकता थियो । तर, बंगलादेशले ८९ रनमा अलआउट गरेर क्रिकेट उपाधि सुरक्षित गरेको हो ।

बंगलादेशका लागि निगर सुल्तानाले २८ बलमा सर्वाधिक २९ रन बनाइन् । श्रीलंकाकी बलर उमेशा थिमासिनीले एक्लै चार विकेट लिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org