ताजा समाचार

एनसेललाई २ अर्ब ४४ करोड ५३ लाख कर निर्धारण

काठमाडौं । ठूला करदाता कार्यालयले दुरसंचार सेवा प्रदायक कम्पनी एनसेलमाथि २२ अर्ब ४४ करोड ५३ लाख रुपैैयाँ कर निर्धारण गरेको छ ।

एनसेललाई १५ दिनको समय दिएर कर तिर्न पत्राचार गरिएको कार्यालयका प्रमुख झलकराम अधिकारीले जनाएका छन् ।

यसअघि कर कार्यालयले एनसेलको सेयर स्वामित्व खरिद बिक्रीबापत ६० अर्ब ७१ करोड २४ लाख ९६ हजार ९७ रुपैयाँ कर तिर्नुपर्ने भन्दै पत्राचार गरेको थियो । एनसेलले यसअघि २१ अर्ब ५४ करोड तिरेको रकम कटाएर ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ ७ दिनभित्र बझाउन पत्राचार गरेको थियो ।

कर कार्यालयको निर्णयकाविरुद्ध एनसेल सर्वोच्च अदालत पुगेको थियो भने, अदालतले ठूला करदाता कार्यालयले आयकर ऐन २०५८ को दफा १२० (क) बमोजिम लगाएको ५० प्रतिशत शुल्क सर्वोच्चले खारेज गरिदियो ।

यससँगै एनसेलले तिर्नुपर्ने लाभकर २१ अर्ब १० करोड ३९ लाख ७१ हजार ५ सय ६५ कायम भएको थियो जसअनुसार फैसलामा यो रकममा ब्याजसमेत जोड्न पाउने भनिएको थियो ।त्यसअनुसार एनलेसले बुझाउनुपर्ने २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org