ताजा समाचार

साग फुटबलमा नेपाल फाइनल प्रवेश

काठमाडौं । नेपाल १३ औं साग फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई १-० गोल अन्तरले हराउँदै डिफेन्डिङ च्याम्पियन नेपालले फाइनलको यात्रा तय गरेको हो ।

सागमा नेपालको योसहित छैटौ पटकको फाइनल प्रवेश गरेको हो। अघिल्लो वर्ष नेपालले भारतलाई हराउँदै फाइनल जितेको थियो।

नेपालको जितका लागि सुनिल बलले खेलको १०‍ औ मिनेटमा गोल गरेका थिए।

उपाधिका लागि नेपालले मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ।

खेलको अन्तिम मिनेटका बंगलादेशका कप्तान जमाल भुयानले रातो कार्ड पाएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org