ताजा समाचार

विद्यार्थीको कलिला गोडामाथि ट्रक गुड्यो, प्रहरीको गोलीबाट १४ घाइते

बाँके । कोहलपुरको त्रिभुवन माविमा कक्षा सातमा पढ्ने १२ बर्षीय प्रकृति चन्द बुवासँग स्कुटरमा आइन्। स्कुलनजिक झरेर हिँड्नासाथ उनलाई ट्रकले किच्यो, लछारेर अलि परसम्म पुर्‍यायो। उनका दुवै खुट्टा वीभत्स ढङ्गले किचिएका छन्।

स्कुल आउने विद्यार्थीको घुइँचो बढ्दै थियो। स्कुले बालिकालाई ट्रकले किचेपछि कोहलपुरमा तनाव उत्पन्न भयो। घटना देखेर उनका सहपाठी र साथीहरु आक्रोशित भए। तिनले प्रकृतिलाई किच्ने ना२ख ९४५९ नम्बरको ट्रकमा तत्कालै आगो लगाए।

विद्यार्थी प्रदर्शन अनियन्त्रित हुँदै गयो। त्यही क्रममा प्र्रहरी त्रिभुवन माविमा छिर्‍यो र एक शिक्षक र विद्यार्थीलाई पक्रिएर निस्कियो। त्यसपछि विद्यार्थी झन् आक्रोशित भए। प्रहरीमाथि ढुङ्गामुढा हाने। प्रतिवादमा प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गर्‍यो।

भीड यिनन्त्रण गर्न प्रहरीले चलाएको रबरको गोली लागेर १४ प्रदर्शनकारी घाइते भएका छन्। प्रहरीले सैयौं राउन्ड रबर बुलेट, हवाई फायर र अश्रुग्यासको सेल प्रहार गरेको छ।

ट्रकले किचेर गम्भीर घाइते बनेकी चन्दलाई दिउँसो सवा तीन बजेतिर नेपाली सेनाको हेलिकोप्टरबाट ललितपुरको बीएण्डबी अस्पताल पठाईएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org