ताजा समाचार

प्रचण्ड निवासमा बिहानै माधव, वामदेव र जनार्दन, दिउसो सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको पूर्वसन्ध्यामा पार्टीका शीर्ष नेताहरु औपचारिक/अनौपचारिक छलफल जुटेका छन् ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा बिहानैदेखि नेताहरु छलफलका लागि पुगेका छन् । प्रचण्डको अध्यक्षतामा नेकपा सचिवालय बैठक सोमबार दिउँसो १ बजे धुम्वाराही पार्टी कार्यालयमा बस्ने भएको छ ।

प्रचण्ड निवासमा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल एका बिहानै पुगेका थिए । दुवैजनाले झण्डै डेढ घण्टा लामो छलफल गरेका थिए भने उनी निस्किए लगत्तै सचिवालय सदस्य वामदेव गौतम र स्थायी समिति सदस्य जनार्दन शर्मा `प्रभाकर´ पुगेका थिए ।

उनले आइतबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग झण्डै दुई घण्टा छलफल गरेका थिए ।

संगठन विभागका प्रमुख र उपप्रमुखसमेत रहेका गौतम र शर्मा पार्टीमा आफुहरुले बुझाएको ४ पेज लामो संगठनात्मक कामको कार्ययोजनाका विषयमा छलफलका लागि खुमलटार पुगेका हुन् ।

आज नेकपा सचिवालय बैठक ले उपनिर्वाचन समिक्षाका साथै विभिन्न विषयमा छलफल गर्ने जनाइएको छ । तर, प्रधामन्त्री ओली भने बैठकमा स्वास्थ्यका कारण अनुपस्थित हुने भएका हुन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org