ताजा समाचार

धुम्बाराहीमा नेकपा सचिवालय बैठक जारी, यी एजेण्डामा छलफल हुँदै

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।

प्रचण्डले कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि वसेको दोश्रो सचिवालय बैठकमा प्रधानमन्त्री ओली भने सहभागी भएनन् ।

पार्टीको सांगठनिक एकतालाई टुंगो लगाउनेगरि सचिवालय बैठक सुरु भएको जनाइएको छ ।

आजको सचिवालय बैठकमा विशेष गरेर तीनवटा मूख्य प्रस्तावहरु पेश हुने नेकपा स्रोतले जनाएको छ । जसमा, सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहालले ६ महिने जनपरिचालन अभियान सम्बन्धी कार्ययोजना, संगठन विभाग प्रमुख वामदेव गौतमले संगठनात्मक कार्ययोजना र स्कूल विभाग प्रमुख ईश्वर पोखरेलले पार्टी नेता–कार्यकर्ताका लागि चार तहको प्रशिक्षण सञ्चालन सम्बन्धि कार्ययोजना प्रस्तुत हुनेछ ।

प्रचण्डले सक्रियता बढाएसँगै विभिन्न किसिमका कार्ययोजनाहरु प्रधानमन्त्री ओलीसँगको परामर्शमै ल्याउन लागेको जनाइएको छ । यद्यपी आजको बैठकमा उपचुनावको समिक्षा समेत गरिने जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org