ताजा समाचार

३४ वर्षिय साना बनिन् फिनल्यान्डको प्रधानमन्त्री

एजेन्सी । फिनल्यान्डमा ३४ वर्षिय साना मरिन प्रधानमन्त्रीमा निर्वाचित भएकी छन् । प्रधानमन्त्री एन्टी रेनीले गत मंगलबार राजीनामा दिएपछि सोसल डेमोक्रेटिक पार्टीकी मरिन प्रधानमन्त्री बनेकी हुन्। मरिन यस अघि यातायात मन्त्री थिइन् ।

पाँच वटा पार्टीको मिलिजुली सरकारमा उनी प्रधानमन्त्री बनेकी हुन् । रोयटर्सका अनुसार उनी विश्वकै कान्छी प्रधानमन्त्री हुन् । ‘हामीले विश्वासलाई पुनर्जिवित गर्न धेरै काम गर्नु पर्नेछु, सानाले भनिन्, ‘त्यसमा म दृढ भएर लाग्नेछु ।’

उनी २७ वर्षकै उमेरमा फिनल्यान्डको औधोगिक शहर टेम्पुरीको सिटी काउन्सी प्रमुख बनेकी थिइन् ।

फिनल्यान्डको औधोगिक क्षेत्रमा हड्ताल भइरहेको छ । त्यसकै कारण यस अघिका प्रधानमन्त्रीले राजीनामा दिएका हुन् । यही अवस्थामा उनले प्रधानमन्त्रीको कार्यभार सम्हाल्न लागेकी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org