ताजा समाचार

१३ औं सागमा भारतसँग पराजित भएपछि प्रशिक्षक खड्काले दिए राजीनामा

काठमाडाैं । साग १३ औं सस्करणमा भारतसँग नेपाली महिला फुटबल टिम पराजित भएपछि प्रशिक्षक हरि खड्काले राजीनामा दिएका छन् ।

जारी १३औं सागमा भारतसँग महिला टोलीले २-० गोल अन्तरले पराजित भएपछि खड्काले राजीनामा दिएका हुन् ।

उनले सागमा आफूले सम्हालेको टिमले पराजय व्यहोरेको र त्यसको सम्पूर्ण जिम्मेवारी आफूले लिने भन्दै नैतिकताको आधारमा राजीनामा दिने घोषणा गरे।

यसअघि लिग चरणको खेलमा पनि नेपाली महिला फुटबल टोली भारतसँग १-० गोलले हारेको थियो।

खड्का प्रशिक्षक हुँदा नेपाल र भारतबीच ५ वटा खेल भएको थियो । जसमा ३ खेल भारतले र १ खेल नेपालले जितेको थियो भने १ बारबारीमा टुंगिएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org