ताजा समाचार

बाल याैन दुराचारको आरोपमा अमेरिकी नागरिक काठमाडाैंबाट पक्राउ

काठमाडौं । बाल याैन दुराचारको आरोपमा एक अमेरिकी नागरिक पक्राउ परेका छन् ।

५६७४७२५३५ नम्बरको राहदानी वाहक ज्यासन ल्योयड मुडी अमेरिकी नागरिकलाई सीआइबीले एयरपोर्टस्थित मेमोरियल गेस्ट हाउसको कोठा नम्बर १०४ मा होटेलबाट पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)ले आइबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिककैको उक्त गेष्ट हाउसबाट पक्राउ गरेको हो । उक्त गेष्ट हाउसबाट प्रहरीले बालिकालाई उद्धार गरेको जनाएलप छ भने, प्रहरीका अनुसार पक्राउ परेका अमेरिकी नागरिक पेडो (बाल यौन दुराचारी) हुन् ।

उनको साथबाट प्रहरीले अमेरिकी राहदानी तीन वटासहित ल्यापटप, विभिन्न कम्पनीको मोबाइल, एटीएम कार्ड, विश्व भाषा क्याम्पसबाट जारी आईडी कार्ड लगायत बरामद भएको छ ।

उनीमाथि जबरजस्तीकरणीको कसुर अन्तरगत म्याद थप गरेर अनुसन्धान भइरहेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org