ताजा समाचार

काठमाडाैंमै प्रेमीकाले प्रेमीको लिंग छेन गरिदिएपछि…

काठमाडौं । प्रेमिकाले प्रेमीको लिंग छेदन गरिदिएकी छन् ।

काठमाडाैंको हायात होटलमा काम गर्दै आएका एक जोडीबीच प्रेम सम्बन्ध झांगिएपनि धर्मका कारण विवाह हुन नसक्ने भन्दै प्रेमी राजिव सुनुवारले संगै बस्न नसकिने प्रस्ताव गरेपछि प्रेमीले आफ्नै कोठामा बोलाएर लिङ छेदन गरिदिएकी हुन् ।

काठमाडौं महानगरपािलका–६ महाँकाल डेरा गरी बस्ने १९ वर्षीया प्रेमिका जेनि (नाम परिवर्तन)ले हेटौडा घर भई हाल बौद्ध बस्ने वर्ष २१ सुनुवारको लिंग छेदन गरिदिएकी हुन् ।

सुनुवारको ओम अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ । महानगरीय प्रहरी वृत वौद्धका डीएसपी रमेश बहादुर सिहंले भने, ‘उनीहरु दुवैजना हायात होटलमा काम गर्दा रहेछन् । फरक–फरक धर्म मान्दा रहेछन् । उनीहरु प्रेम सम्बन्धमा पनि थिए । तर धर्मका कारण प्रेम सम्बन्ध घरले स्वीकार गर्ने अवस्था नआएपछि राजिवले छुटिने प्रस्ताव गरेका रहेछन् ।’

युवतीले सुनुवारलाईईई कोठामा बोलाएर चक्कुले लिंग छेदन गरपछि प्रहरिले उनलाई पक्राउ गरेको छ भने यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ । प्रेमीकाले उनलाई अन्तिम पटक भेट्ने भन्दै कोठामा बोलाएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org