ताजा समाचार

दोलखाका सिडीओ रिजाल निलम्बित

काठमाडाैं । अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएका दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल निलम्बित भएका छन् ।

सिडीओ रिजालले सेवाग्राहीबाट घुस लिएको आरोप लागेपछि अख्तियारले अनुसन्धान थालेको छ । रिजालले प्रमाण नष्ट पार्न सक्ने भन्दै अख्तियारले उनलाई निलम्बन गर्न गृहमन्त्रालयलाई पत्राचार गरेको थियो ।

बुहारीलाई तातो पानी खन्याएर पोलिदिएको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका बाबुछोरा उदिम तामाङ र इन्द्रबहादुर तामाङ तथा जनप्रतिनिधिलाई कुटपिट गरेको आरोपमा सार्वजनिक मुद्दा खेपिरहेका कुमार लामा मोक्तानलाई धरौटीमा रिहा गर्न प्रजिअ रिजालले १ लाख २५ हजार घुस लिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org