ताजा समाचार

सागमा पदक जित्ने खेलाडीलाई प्रधानमन्त्रीले बोलाए बालुवाटार

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा पदक जित्ने खेलाडीलाई बालुवाटार बोलाएका छन् ।

आज दिउसो प्रधानमन्त्री ओलीले बालुवाटारमा सम्मान तथा पुरस्कारको घोषणा गर्ने जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले आज खेलाडी र प्रशिक्षकलाई बालुवाटार बोलाएका हुन् ।

डायलासिसका लागि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री राती नै बालुवाटार फर्किएको जनाइएको छ ।

म‌ंगलबार सम्पन्न १३औं दक्षिण एसियाली खेलकूदमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य गरी कूल २०६ पदक जितेको छ । सन १९९८ मा नेपालमा भएको ८औं सागपछि नेपाल १३औं सागमा दोस्रो स्थान हासिल गर्न सफल भएको हो । ८औं सागमा दोस्रो हुँदा नेपालले ३१ स्वर्ण जितेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org