ताजा समाचार

मास प्रिन्टरबाट थालियो लाइसेन्स छाप्न

काठमाडौं । नेपाल सरकारले तीन महिना पहिले ल्याएको स्मार्ट लाइसेन्स छाप्ने मेसिनले लाइसेन्स छपाई सुरु गरेको छ ।

लामो समयसम्म मास प्रिन्टरको प्रयोग हुन नसकेपनि तीन महिनापछि भने यसले काम पाएको हो ।

लाइसेन्सको ट्ायल परिक्षा पास गरेरपनि लाइसेन्स नपाएकाहरुलाई राहत हुने अनुमान गरिएको छ । ट्रायल परिक्षा पास गरेपनि चिटको आधारमा सवारी चलाउदै आएका चालकले अब भने लाइसेन्स छिट्टै हातमा पाउने भएका हुन् ।

चाङको चाङ रहेका स्मार्ट लाइसेन्स अबको ४ महिना भित्रै छापेर सेवाग्रहीलाई वितरण गर्ने योजना यातायात व्यवस्था विभाग कार्यालयले गरेको जनाएको छ । इटालियन कम्पनी माटिकाको यो मेसिनले घण्टाको ४५० वटासम्म लाइसेन्स प्रिन्ट गर्न सक्ने विभागको दाबी छ ।

विभागका अनुसार मास प्रिन्टरले दिनमा ८ घण्टा छपाई कार्य गरेपनि केहि दिन मै ७/७ घण्टाक०ो सिफ्ट बनाएर लाइसेन्स छाप्ने काम गर्नेछ । कर्मचारीलाई विभिन्न तीन सिफ्टमा गरेर लाइसेन्स चपाई हुने जनाइएको छ ।

यसरी द्रुत गतिमा काम भएका कम्तिमा ४ महिना भित्रै सबै चालको हातमा लाइसेन्स पर्ने विभागले विश्वास लिएको छ ।

यो मेसिनले दिनमा ८ हजारसम्म लाइसेन्स छपाइ गर्ने अनुमान विभागको छ । त्यसअनुसार महिनामा साढे २ लाख लाइसेन्स छापिनेछ । ४ महिनाभित्रै वितरण हुन बाँकी लाइसेन्सको ‘ब्याक लग’ फुकेर नियमित अवस्थामा लैजान सकिने विभागको विश्वास रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org