ताजा समाचार

नारायणघाट-मुग्लिन सडकखण्ड दैनिक चार घण्टा बन्द हुँदै

काठमाडाैं । मुग्लिन-नारायणघाट सडकखण्ड शुक्रबारदेखि २ हप्तासम्म दैनिक चार घण्टा बन्द हुने भएको छ ।

नारायणघाट मुग्लिन सडक आयोजनाले सडकमा पहिरो रोकथामको काम बाँकी रहेकाले सुरक्षाको दृष्टिकोणले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गर्न लागेको जनाएको छ ।

नारायणघाटबाट मुग्लिनतर्फ आउने सवारीलाई पन्ध्र किलो बजारमा रोकिने छ भने काठमाडौंबाट छिर्नेलाई मुग्लिन बजारमा रोकिनेछ र पोखराबाट आउनेलाई बेनीटारमा रोकिनेछ। तर,नारायणघाटबा मुग्लिनतर्फ आउने मालवाहक सवारीसाधनलाई दासढुंगामा रोकिनेछ।

मालवाहक सवारीसाधनको हकमा भने काठमाडौंबाट मुग्लिन छिर्नेलाई लेवाटारमा र पोखराबाट मुग्लिनतर्फ आउनेलाई आँबुखैरेनीमा रोकिनेछ। उक्त सडकखण्डमा विश्व बैंकको ऋण सहयोगमा डबल लेनमा स्तरोन्नतिको काम भइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org