ताजा समाचार

भाइबर, इमो, ह्वाट्स एप लगायत सामाजिक सञ्जालबाट चिठ्ठा परेको भनेर ठग्ने तीन पक्राउ !

काठमाडाैं । विभिन्न प्रलोभन तथा चिठ्ठा परेको भन्दै सर्वसाधारण ठग्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

भाइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी चिठ्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाएर ठगी गर्ने गरेको आरोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विशेश्वर प्रसाद तिवारी र सन्दीप कलवास रहेका छन् ।

उनीहरु विभिन्न व्यक्तिलाई प्रलोभन देखाएर ठगी गर्दै आएका थिए । तर, उनीहरु ठगीमा संलग्न भएपनि विदेशी नागरिकबाट परिचालित भएको पाइएको छ । नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिसको योजनामा नेपालमा ठगी गर्दै आएका उनीहरु बैंक ह्याकमा समेत संलग्न भएको प्रहरीले जनाएको छ ।

उनकाअनुसार अहिलेसम्म १५ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् । अरु पनि यसरी ठगिएको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ ।

ठगी गरेको रकम नेपालका एजेण्डलाई १५ देखि २० प्रतिशत दिने र बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरेको देखिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।

हालसम्म १४ करोड ६९ लाख ९१ हजार शंकास्पद काराबार देखिएको र उनीहरुले रकम कारोबार गर्न प्रयोग गरको बैंकहरु समेत ह्याक भएको हुनसक्ने प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

४० नेपाली एजेण्टहरुले सो कार्य गर्नका लागि एक जनाले ६ वटासम्म खाता खोलेको पाइएको र हालसम्म उनीहरुले १४ करोड ६७ लाख ९१ हजार शंकास्पद रुपमा कारोबार गरेको पाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org