ताजा समाचार

सागमा स्वर्ण जित्ने खेलाडीलाई नाै लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडाैं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा स्वर्ण विजेता खेलाडीलाई सरकारले नाै लाख दिने घोषणा गरेको छ ।

आज प्रधानमन्त्री केपी शर्मा ओलीले सागमा पदक जित्ने खेलाडाीलाई बोलाएर सम्मान तथा बधाई दिएका हुन् । उनले खेलाडीलाई प्रोत्सासन स्वरुप स्वर्ण जित्ने खेलाडीलाई नाै लाखका दरले प्रत्येक खेलाडीलाई दिने घोषणा समेत गरेका हुन् ।

जसअनुसार रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख रुपैया दिने पनि प्रधानमन्त्रीले घोषणा गरे । कार्यक्रममा प्रधानमन्त्रीले एकभन्दा बढी स्वर्णपदक विजेतालाई भने ११ लाखका दरले पुरस्कार दिने जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org