ताजा समाचार

१३ औं सागमा पत्रकार र सर्वसाधारण कुटिएकोबारे छानबिन गर्न समिति गठन

काठमाडौं । १३ औं साग खेलकुद प्रतियोगितामा नेपाल र भुटानबीचको फाइनल हेर्न पुगेका सर्वसाधारण र पत्रकारमाथि बल प्रदर्शन गरेको विषयमा छानविन समिति गठन भएको छ ।

मंसिर १४ गते नेपाल र भुटानबीचको फाइनल फुटबल हेर्न पुगेका दर्शकमाथि लाठी प्रहार गर्दा उक्त दृश्य खिच्दा नागरिक दैनिकका पत्रकारमाथि समेत मुक्का र लाठी प्रहार भएको थियो ।

सोही प्रकरणमा छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले एसएसपी श्याम लाल ज्ञवालीको संयोजकत्वमा बुधबार ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । छिट्टै प्रतिवेदन दिने गरी एसएसपी श्याम ज्ञवालीसँगै डिएसपीद्वय श्याम चौधरी र मनोहर श्रेष्ठ सदस्य रहने गरी समिति गठन गरिएको हो ।

घटनामा डीएसपीद्वय रुगम कुँवर र सन्तोषसिंह राठौर मुछिएका छन् । तर उनीहरुले प्रहरीमाथि आक्रमण हुन थालेपछि आत्मरक्षाका क्रममा भएको घटनालाई अतिरञ्जित गराइएको गुनासो गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org