ताजा समाचार

नेपालमै चारपांग्रे गाडी एसेम्बल गर्न सम्झाैता

काठमाडाैं । विदेशबाट सवारी साधन निर्यात गर्दै आएको नेपालले कोरियाली कम्पनी मोट्रेक्ससँग नेपालमै चारपांग्रे सवारी उत्पादनका लालगि सम्झाैता गरेको छ ।

लगानी बोर्ड र कोरियाली कम्पनी मोट्रेक्सबीच नेपालमै चार पांग्रे गाडी निर्माण गर्न गाडी एसेम्बल प्लान्ट स्थापनाका लागि परियोजना लगानी सम्झौता भएको हो ।

बुधबार आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र मोट्रेक्सका प्रतिनिधिबीच सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्ड बैठकले मोट्रेक्स कम्पनीलाई नेपालमा १० अर्ब ५४ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) लगानीको स्विकृति दिइसकेको छ ।

सरकारले गत चैत १५ र १६ गते आयोजना गरेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा कोरियाली कम्पनीको लगानी स्वीकृत पाएको थियो । कोरियामा सन २००१ मा स्थापना भएको कम्पनीलाई नेपालमा गाडी एसेम्बल गर्नका निम्ति रुपन्देहीमा जग्गा उपलब्ध गराउने तयारी भइसकेको बोर्ड स्रोतले जनाएको छ ।

कोरियाली कम्पनीले बोर्डमा पेस गरेको प्रस्तावमा पहिलो वर्ष ५ हजार, दोस्रो वर्ष १० र तेस्रो वर्ष १५ हजार थान सवारी एसेम्बल गर्ने उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org