ताजा समाचार

गाैरिकाले ५९ लाख पाउने, मण्डेकाजी, आयशा र सुवासले कति ?

काठमाडाैं । १३ औं सागको पाैडीमा चार स्वर्ण जितेकी गाैरिका सिंहले ५९ लाख पाउने भएकी छन् ।

बुधबार पक विजेता खेलाडी र प्रशिक्षकलाई प्रधानमन्त्रीले बालुवाटारमा स्वर्ण पदक जित्नेले ९ लाख, रजतले ६ लाख र कांस्यले ३ लाख पाउने घोषणा गरेका थिए । भने, एक भन्दा बढी स्वर्ण जित्नेले ११ लाख पाउने तथा टिम इभेन्टमा स्वर्ण जित्नेलाई ५ लाख रुपैयाँ दिने उनले बताएका थिए ।

प्रधानमन्त्री ओलीले पुरस्कार घोषणा गरेपनि दुई वा दुई भन्दा बडी स्वर्ण जित्नेले कति रकम पाउने भन्नेबारे केहिवेर अलमल देखिएको थियो भने त्यहाँ केहिबेर राखेप, खेलकुदमन्त्री लगायतमा अन्याैलता छाएको थियो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गौरिकाले ६५ र दुई स्वर्ण जित्ने मण्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङले २२/२२ लाख रुपैयाँ पाउने बताएका थिए । राष्ट्रिय खेलकुद परिषद्को प्रस्ताव भने एकभन्दा बढी स्वर्ण जित्नलाई ११ लाख रुपैयाँ दिने थियो ।

यद्यपी अन्याैलताबीच राखेपका सदस्य सचिव रमेश सिलवालले एक कार्यक्रममा गाैरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य टिम इभेन्टमा को ५९ लाख पाउने जनाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org