ताजा समाचार

सिन्धुपाल्चोक बस दुर्घटनाः १३ को मृत्यु, १८ घाइते

काठमाडौं । कालिन्चोक मन्दिर दर्शन गरेर फर्कदै सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बा४ख ४४६८ नम्बरको बस सिन्दुपाल्चोकको सुनकोसी गाउँपालिका-०७, स्थित ६ किलोमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो भने १८ जना घाइते भएका छन् ।

सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले १३  जनाको ज्यान गइसकेको र अन्य हताहती भएको विवरण समकलन भइरहेको जनाएका छन् ।

घटनामा १८ जना घाइते छन् । उनीहरूलाई उद्धार गरेर धुलीखेललगायतका अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । मन्दिर दर्सन गर्न बस रिजर्भ गरिएको थियो भने बिहान ८ः२० तिर बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बस सडकबाट अन्दाजी ५०० मिटर तल खसेको छ ।

सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org