ताजा समाचार

दिउँसो १ बजे धुम्वाराहीमा नेकपा सचिवालय बैठक बस्दै

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा तीब्र सुधार !

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य स्थितिमा तीब्र सुधार भइरहेको जानकारी गराएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा केहि समय उपस्थित भएका ओलीले आफ्नो स्वास्थ्य तीब्र रुपमा सुधार भइरहेको जानकारी गराएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाएका छन् ।

नेकपा स्थायी कमिटी बैठकको एजेण्डा तय गर्न आज बिहान प्रधानमन्त्री निवासमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीले यस्तो जानकारी दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । दिउँसो १ बजे धुम्वाराहीमा बैठक बस्नेछ ।

प्रधानमन्त्री ओलीको मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org