ताजा समाचार

एनआरएन चीनले महाबाणिज्यदुत पुडासैनीलाई ग्वान्जाैमा गर्‍यो भव्य स्वागत

चीन । गैरआवासीय नेपाल संघ (एनआरएनए) चीनले ग्वान्जाैस्थित नेपाली महाबाणिज्यदुतावासका नवनियुक्त महाबाणिज्यदुत हरिशरण पुडासैनीलाई भव्य स्वागत गर्नुकासाथै रात्री भोजको आयोजना गरेको छ ।

ग्वान्जाैमा एनआरएनए चीनद्वारा आयोजित रात्री भोजमा शुभकामना आदानप्रदान तथा परिवयात्मक कार्यक्रम भएको अद्यक्ष प्रदीप न्याैपानेले जनाएका छन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद एसिया प्रशान्त क्षेत्रीय महिला संयोजकमा निर्विरोध निर्वाचित अमृता थापालाई स्वागत एवं सम्मान गरिएको थियो भने, १५ वर्ष देखी चीनमा बसोबास गर्दै आएकी ब्यवसायी थापा गैरआवासीय नेपाली संघ चीनमा महिला संयोजक, अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यको जिम्मेवारी सफलतापुर्वक पुरा गरिसकेकी छन् ।

एनआरएनए चीनका अध्यक्ष न्याैपानेको सभापतित्वमा महाबाणिज्यदुत पुडासैनी प्रमुख अतिथि रहेका थिए भने संयोजक थापा बिशेष अतिथि रहेकी थिइन् ।

ग्वान्जौ स्थित नेपाली रेष्टुरेण्ट लिटल पापामा शुक्रवार साँझ ६ बजेदेखि कार्यक्रम भएको थियो । कार्यक्रममा महावाणिज्य दुतावासका सहायक कन्सुलर शरद ढुगांना, संस्थापक अध्यक्ष शंकर ज्ञवाली, पूर्व अध्यक्ष डिल्ली प्रसाद पराजुली (बलराम), पूर्व केन्द्रीय कोषाध्यक्ष प्रितम श्रेष्ठ, एनआरएनए चीनका पदाधिकारी एवं कार्यसमिति सदस्य लगायत ग्वान्जौमा रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org