ताजा समाचार

पीपीएलः बाबरको अर्धशतकमा चितवन राइनोजको विजयी सुरुवात

पोखरा । बाबर हायातको उत्कृष्ट प्रदर्शनसँगै चितवन राईनोजले नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता पीपीएलमा विजयी सुरुवात गरेको छ । पोखरा पल्टनले दिएको १ सय ८ रनको लक्ष्य चितवनले १४ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टाएको हो ।

जितसँगै चितवन अंकतालिकाको शिर्ष स्थानमा छ भने एक खेलमा जित र एकमा हार भोगेको पोखरा तेस्रो स्थानमा छ ।

पहिलो ओभरमा नैै शुन्य रनमा अनिल शाहलाई गुमाएको चितवनका लागि रोहन मुस्तफाले ११ रन जोडे। हायात ६६ र सन्नी पटेल २२ रनमा नटआउट रहे। पाँचौ विकेटका लागि हायत र पटेलले ५० रनको साझेदारी गरे । ४२ बलको सामना गरेका हायातले ४ छक्का र ६ चौका प्रहार गरे । १८ बलको सामना गरेका पटेलले २ छक्का र १ चौका हाने । रोहन मुस्ताफाले ११ रनको योगदान दिए। कप्तान पारस खड्का ४ र आरिफ शेख १ रनमा पवेलियन फर्के। पोखराका लागि शरबजित लड्डा र रसिद खानले समान २ विकेट लिए ।

त्यसअघि पोखरा रगंशालामा चितवनले टस जितेर फिल्डिङ रोजेपछी ब्याटिङ गरेको घरेलु टोली पोखरा निर्धारित २० ओभरमा १ सय ७ रन जोड्दा अलआउट भयो। चितवनको कसिलो बलिङसामु गतवर्षको उपाधि विजेता पोखराका ब्याट्सम्यानहरु लामो समय क्रिजमा टिक्न सकेनन् ।

पोखराका लागि कप्तान शरद भेषावकरले ४५ रन जोडे बाहेक अन्यले गतिलो प्रर्दशन गर्न सकेनन् । ३९ बलको सामना गरेका भेषावकरले ३ छक्का र ३ चौका प्रहार गरे । कुशल मल्लले १३ रन जोडेको इनिङस्मा रसिद खान, रविइन्दर सिंह, आशिफ शेखले समान १० रन जोडे । अन्य ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । ललित राजवंशी ३ रनमा नटआउट रहे ।

चितवनका सन्नी पटेल, रोहन मुस्ताफा र भुवन कार्कीले समान २ विकेट लिए । बिक्रम सोब, कारण केसी र कप्तान पारस खड्काले समानले १ विकेट हात पारे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org