ताजा समाचार

बैतडीमा जीप पल्टिँदा एक प्रहरी जवानको मृत्यु

बैतडी । बैतडीमा जीप पल्टिँदा एक प्रहरी जवानको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनगढी घरभई हाल पुरघाट प्रहरीचौकी हाटमा कार्यरत सुदिप श्रेष्ट रहेका छन् ।

आज बिहान ढोल्यामोडबाट हाटका लागी छुटेको म. १ ज ३२९ नम्बरको जीप सनगाउँमा पल्टिँदा श्रेष्ठले हाम फालेको र हाम फालेकै ठाउँमा जिप पल्टिएकाले श्रेष्ठ गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको हो । पूरघाट प्रहरीचौकी इन्चार्ज मिनबहादुर सिंहका अनुसार चालक जिप रोकेर पिसाब फेर्न गएकाबेला जीप १० मिटरसम्म आफैँ गुडर पल्टिएको हो । जीपमा १० जना यात्रुहरु सवार रहेपनि अरु यात्रुहरु भने सकुसल रहेका छन् ।

घटनापछि जिप चालक पूर्णान्द बडूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org