ताजा समाचार

चन्द्र ढकालद्वारा गृहजिल्लाबाट महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

बाग्लुङ । व्यवसायी चन्द्र ढकालले गृह जिल्ला बाग्लुङबाट नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ ।

शुक्रबार बागलुङ महोत्सव उद्घाटन समारोहमा बोल्दै ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । ढकाल अहिले महासंघका वस्तुगततर्फका उपाध्यक्ष हुन् ।  ढकालले चैतमा हुने महासंघको चुनावमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने भएका हुन् ।

बागलुङको अमलाचौरमा वि.सं. २०२२ मा जन्मिएका ढकाल हाल नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्ष तथा रोजगारदाता परिषदको सभापति छन् । उनी महासंघमा यसअघि दुई कार्यकाल कार्यसमितिको सदस्य भई काम गरिसकेका छन् ।

ढकाल आइएमई गु्रप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष तथा डिस होम मिडिया प्रालिका प्रवद्र्धक हुन् ।

कार्गो व्यवसायबाट व्यवसायिक यात्रा शुरु गरेका ढकालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, ट्राभल्स एण्ड टुर्स, अटोमोबाइल तथा केबुलकारलगायतका दुई दर्जन भन्दाबढी व्यवसायमा लगानी रहेको छ ।

ढकाल नेपाल इन्डोनेसिया च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका अध्यक्ष तथा नेपाल जर्मन च्याम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीका उपाध्यक्ष हुनुहुन्छ । उनी नेपाल मलेसिया चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष समेत हुन् ।

समाज सेवाका विविध क्षेत्रमा संलग्न ढकाल लगानी बोर्डका आमन्त्रित सदस्य हुनुहुन्छ । उनी हाल नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत समेत हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org