ताजा समाचार

समृद्ध रुकुम चेसमा भारतका ऋषभ च्याम्पिएन

रुकुम पश्चिम । तेश्रो समृद्ध रुकुम फीडे रेटिङ अन्तराष्ट्रिय चेस प्रतियोगिताको उपाधि भारतका ऋषभ निसादले जितेका छन् ।

अन्तिम चरणमा साविक विजेता सुमित पन्तलाई हराउदै ७.५ अंक सहित निसादले पहिलोे स्थान पारेका हुन् । उपाधि विजेता निसादले ५० हजार रुपैया पुरस्कार पाए ।

प्रतियोगितामा ७ अंक सहित मदनकृष्ण कायस्थ दोश्रो तथा कृष्ण थापा तेश्रो भए । ६.५ अंक भएका राजन सुबेदी चौथो तथा सुमित पन्त पाचौ भए । उपविजेता कायस्थले ३० हजार तथा तेश्रो हुनेले २० हजार रुपैया पुरस्कार पाए । चौथो हुने सुबेदीले १६ तथा पन्तले १५ हजार रुपैया पुरस्कार पाए ।
६ अंक भएका नविन तण्डुकार, बद्री लाल नेपाली, विधार रुतुम्बरा, मिलन लामा र सुमन राइ छैठौ देखि १० औ स्थानमा रहे ।यसैगरी, प्रदेशमा ५ मा मिलन रोक्का पहिलो र सुरेस चौधरी दोश्रो,पूर्व रुकुममा ववी देवल पुन र पश्चिम रुकुमका खिम बहादुर पुन पहिलो भए ।

यस्तै, महिला तर्फको पुरस्कार सुजना लोहनी र नमन सेढाइले पाए ।

विजयी खेलाडीलाई प्रमुख अतिथी प्रदेश सभा सदस्य देवी ओलीले पुरस्कार प्रदान गरिन् । पुरस्कार वितरण समारोहमा नेपाल चेस संघका महासचिव हेराकाजी मर्हजन, प्रतियोगिता संयोजक सुवोधराज सेर्पाली प्रतियोगिता निर्देशक ई.प्रदिप कुमार खत्री र चेस संघका सदस्य यज्ञराज पन्त लगायतको उपस्थिती रहेको थियो ।

स्वीस लिग चरणमा नौ चरणमा सञ्चालीत प्रतियोगितामा नेपाल र भारतका गरी ६६ जना खेलाडीको सहभागिता रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org