कश्मीरबाट पश्चिमी-न्युन चापीय हावा नेपाल छिर्दै, भोलीदेखि पानी र हिउँ पर्ने
काठमाडाैँ । पश्चिमी न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल जम्मू–कश्मीर माथि रहेको न्यून चापीय प्रणाली नेपालको पश्चिमी क्षेत्रमा आउने क्रममा रहेको मौसमविद वरुण पौडेलले बताएका छन् ।
मंगलबार बेलुकासम्म सो प्रणाली नेपाल प्रवेश गर्ने र त्यसले गर्दा मौसम बदली हुने उनले बताएका छन् । मंगलबार पश्चिमका उच्च पहाड तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने मौसमविद पौडेलले बताएका छन् ।
पश्चिमी न्यून चापीय प्रणाली बुधबार बेलुकासम्म सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा समेत मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको उनले बताए ।
सो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली हुने र न्यूनतम तापक्रम अति कम भइ देशभरि चिसो बढ्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार र बिहीबार पश्चिमी क्षेत्रका धेरै ठाउँ र मध्य तथा पूर्वका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ । पश्चिमी न्यून चापीय प्रणाली शुक्रबारसम्म नै सक्रिय रहने छ ।
उच्च पहाडी र हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा हुने तथा तापक्रममा गिरावट हुने सम्भावना रहेकाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
तर मंगलबार भने यसको प्रभाव त्यति नपर्ने मौसमविद पौडेलले बताएका छन् । हाल देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।
मंगलबार दिनभरजसो पश्चिम र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली हुने र बाँकी क्षेत्रमा मौसम सफा सम्भावना छ ।
यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । पश्चिमको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
काठमाडौँ उपत्यकासहितका क्षेत्रमा मंगलबार केहीबेर आंशिक बदली भए पनि दिउँसो मौसम खुल्ने देखिएको छ । तराईका क्षेत्रमा लागेको हुस्सु र कुहिरो दिउँसो केही समय खुल्ने जनाइएको ।
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम मंगलबार बिहान १.५ डिग्री सेल्सियस मापन भएको छ । दिउँसो तापक्रम बढेर १७ डिग्रीसम्म पुग्ने सम्भावना छ ।
Comments
अरु समाचार
-
नक्कली भुटानी शरणार्थी प्रकरण : एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ ।...
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१ लाख २० हजार ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी...
-
विद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि भर्ना र पठनपाठन सुरु भएसँगै विद्यार्थी सङ्ख्यामा कमी आएपछि काभ्रेका स्थानीय तहले भूगोलका हिसाबले नजिकका...
-
जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु
काठमाडौं । बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ सामुदायिक वनमा आगलागी भएको छ । आगलागीबाट एक हजार २०० हेक्टर बढी क्षेत्रफलमा...
-
झापामा दुर्घटनाबाट दुई जनाको मृत्यु
काठमाडौं । झापाको कनकाई र भद्रपुुरमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार राति कनकाई–३ सुरुङ्गा पुलस्थितमा बिर्तामोडबाट...
-
भलिबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ...
-
कम्युनिस्ट आन्दोलनमा लागेका विद्यार्थीले मनमोहनको सादगीपूर्ण जीवनीबारे बुझ्नुपर्छ: ईश्वर पोखरेल
काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मनमोहन अधिकारीलाई कम्युनिस्ट आन्दोलनको निरन्तरताको पर्यायका रूपमा बुझ्न आवश्यक रहेको बताएका छन्...
-
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै
काठमाडौं । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन् । मूल्य अभिवृद्धि करसहित रु ३६ करोड २४ लाख...
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु
काठमाडौं । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२ गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको...