ताजा समाचार

एभर्टनमाथि सिटीको २–१ को जित, चेल्सी बराबरीमा रोकियो

एजेन्सि । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा गाब्रिएल जिससको उत्कृष्ट प्रदर्शनमा सिटीले एभर्टनलाई २–१ ले हराएको हो ।

घरेलु मैदानमा म्यानचेस्टर सिटीका लागि ५१ औं मिनेटमा जिससले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । उनले त्यसको सात मिनेटपछि अग्रता दोब्बर पारे । एभर्टनका लागि ७१ औं मिनेटमा रिचार्लिसनले एक गोल फर्काए ।

जितपछि तेस्रो स्थानको म्यानचेस्टर सिटीको २१ खेलबाट ४४ अंक भएको छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा ११ अंकले पछि रहेको छ । लिभरपुलले दुई खेल कम खेलेको छ ।

दोस्रो स्थानको लेस्टर सिटी भन्दा मात्रै एक अंकले पछि रहेको छ । बुधबार राति नै भएको खेलमा लेस्टर सिटीले न्यूक्यासललाई ३–० ले पराजित गरेको छ । जितपछि उसको २१ खेलबाट ४५ अंक भएको छ ।

गएराति नै भएको अर्को खेलमा चेल्सीले ब्राइटनसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । पहिलो हाफमा नै सिजर एजप्लिक्वेटाको गोलमा अग्रता बनाएको चेल्सी अन्तिम समयमा गएर सम्हालिन नसक्दा बराबरीमा रोकिन पुग्यो ।

गएरातिका अन्य खेलमा एस्टन भिल्लाले बर्नली तथा वाट्फोर्डले वुल्भ्सलाई समान २–१ र वेष्ट ह्यामले बोर्नमाउथलाई ४–० ले पराजित गरेका छन् भने नर्विच र क्रिष्टल प्यालेसले समान १–१ को बराबरी खेलेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org