ताजा समाचार

बिग बास लिगः मेलबर्नको खेल आज, सन्दीप टिम बाहिर

जेन्सी ।  बिग बास लिग (बीबीएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले आज सिड्नी थन्डरविरुद्ध खेल्दैछ ।

मेलबर्न र सिड्नीबीचको खेलमा  सन्दीपले भने चोटका कारण सिड्नीविरुद्धको खेल गुमाउने भएका छन् ।

मेलबर्नले सार्वजनिक गरेको १३ सदस्सीय टिममा सन्दीप परेका छैनन् । उनको स्थानमा हरिस रौफले मौका पाएका छन् ।

मेलबर्नले चोट बोकेका कारण सन्दीपले सिड्नीविरुद्धको खेल गुमाउने जनाएको छ ।

‘सन्दीपको स्थानमा हरिसले पुन: स्थान बनाएका छन्,’ मेलबर्नले भनेको छ, ‘मेलबर्न डर्वीका लागि चोट बोकेका सन्दीपले स्थान बाउन यसपटक विश्राम दिइएको छ ।’

४ खेलमा ३ जित हात पारेको मेलबर्न ६ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।

यस सिजन सन्दीपले ४ खेलमा ३ विकेट हात पारेका छन् । सन्दीप होबार्ट हुरिकेन्सविरुद्धको खेलमा विकेट विहीन भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org