ताजा समाचार

कर्णाली नदीमा जिप खस्यो, चारको मृत्यु

काठमाडाैँ ।  सुदूर पश्चिमको बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जिप कर्णाली नदीमा खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका अनुसार से१ज १०६४ नम्बरको जिप बिहीबार दिउँसो कर्णाली नदीमा खसेको हो।

भाटका अनुसार धुलाचोरबाट कोल्टी जाँदै गरेको जिप कर्णाली नदीमा खसेको हो। दुर्घटनामा चार जना घाइते र एक जना बेपत्ता छन्।

मृतकमध्ये चालक रमेश शाहीको मात्र सनाखत भएको भाटले बताए। घाइतेहरूलाई उद्धार गरी स्थानीय स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ।

हराइरहेका एक जनाको खोजीका लागि प्रहरी दर्घटनास्थल पुगिसकेको छ। दुर्घटनाको कारण खुलेको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org