ताजा समाचार

सांस्कृतिक संस्थानमा अधिकारी अध्यक्ष र राई महाप्रवन्धकमा नियुक्त

काठमाडौं । सरकारले सांस्कृतिक संस्थानको अध्यक्षमा प्रेमनाथ अधिकारी र महाप्रवन्धकमा अशोककुमार राईलाई नियुक्त गरेको छ ।

अधिकारीलाई सांस्कृतिक संस्थानको अध्यक्ष र महाप्रवन्धकमा राईलाई नियुक्त गरिएको सञ्चार तथा सुचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जनाए ।

उनीहरूलाई यही मंसित १४ गते बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो । दुवै जनाको कार्यकाल चार वर्षको हुने छ ।

अध्यक्षमा नियुक्त भएका अधिकारी तेह्रथुमको म्याङलुङ नगरपालिका-१० निवासी हुन् भने राई ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ निवासी हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org