ताजा समाचार

सर्वोत्थान सहकारीले गर्‍यो नवैं साधारणसभा

काठमाडौं । सर्वोत्थान बचत तथा ऋण सहकारी संस्थाले नवैं बार्षिक साधारणसभा गरेको छ ।

राजधानीमा शनिबार गरिएको साधारणसभाबाट अध्यक्ष मुकुन्द अधिकारीले बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्था आम्दानीतर्फ अघि बढेको जानकारी गराए ।

गत आर्थिक वर्षमा ४६ लाख ९६ हजार ६ सय ८४ रुपैयाँ आम्दानी गरेको संस्थाले आर्थिक वर्ष ०७५/०७६ मा आम्दानी बढेको छ । यस आर्थिक वर्षमा ६७ लाख ७७ हजार ८४ रुपैयाँ पुगेको प्रतिवेदनमा जनाइएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कूल)का अध्यक्ष परितोष पौड्यालले संस्थालाई आवश्यक परेको खण्डमा पुँजी र प्रविधिको सहयोग गर्ने बताए ।

अध्यक्ष पौड्यालले संचालक समितिले क्षमता अभिवृद्धि, सूचांक मिलान, वचतको सुरक्षा र चार वर्शे रणनीतिक योजना बनाएर अगाडि बढ्नुपर्ने सुझाव दिए ।

संस्थाले गीता श्रेष्ठ, महेश मगर, पिसा श्रेष्ठ, विद्या कार्की, स्नेहा रिमाल, रुपा सुनुवार, दिपेश अधिकारी,पुष्पनाथ ढकाल, सर्मिला तामाङ र शान्ता अधिकारीलाई सम्मान पनि गर्यो ।
कार्यक्रम संचालन संचालक समितीका सदस्य भुपाल उप्रेतीले गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org