ताजा समाचार

त्रिवि हाताभित्रको प्रहरी चाैकी हटाइने

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय किर्तिपुरको हाताभित्र रहेको प्रहरी चाैकी हटाइने भएको छ ।

विश्वविद्यालय हाताभित्र रहेको प्रहरी चाैकी हटाउन माग गर्दै लामो समयदेखि विद्यार्थीले आन्दोलन गर्दे आएका थिए ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय र नेविसंघबीच भएको वार्ताबाट ७ बुँदे सम्झाैता गर्दै प्रहरी चौकी हटाउने सहमति भएको हो ।

सहमति पत्रमा निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापा मगर र नेविसंघका त्रिवि समिति सचिव योगन्द्र रावलले हस्ताक्षर गरेका छन् ।

शैक्षिक संस्थामा प्रहरी चौकी राख्न नहुने भन्दै नेपाल विद्यार्थी संघले निरन्तर आन्दोलन गर्दै आएको थियो । त्रिवि परिसरभित्र आयुर्वेद क्याम्पस र आयुर्वेद अस्पतालको अगाडि प्रहरी चौकी छ ।

सहमति पत्रमा स्ववियु निर्वाचन फागुनभित्र गर्नका लागि एक साताभित्र मिति तोक्ने र निर्वाचन कार्यतालिका एक महिना अघि सार्वजनिक गर्नुपर्ने बुँदा पनि समावेश गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org