ताजा समाचार

मालपोत कार्यालय टीकापुरका नायव सुब्बा र खरिदार घुससहित पक्राउ

कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जना सुब्बा र एक जना खरिदारलाई घुस रकमसहित रंगेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा सिंह बहादुर कुँवर र भक्तपुर स्थित दिब्येश्वरी जग्गा अधिकरण आयोजनामा कार्यरत नायव सुब्बा देउमान कडरिया रहेका छन् । यसै गरी पक्राउ पर्ने खरिदारमा नर राज पाण्डे रहेका छन् ।

नासु कुँवर र खरिदार पाण्डेले लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका स्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलिपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग आठ हजार घुस बापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।

उनीहरूलाई लम्की चुहा नगरपालिका वडा नं.३ व्यवस्थित नगरबाट रकम सहित रङ्गे हात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org