ताजा समाचार

दुतावासँगको सहकार्यमा ठूलो संख्यामा चिनियाँ नागरिक पहिलो पटक देश निकाला गर्दै नेपाल !

काठमाडाैं । जरिवाना तिरेर थुनामुक्त भएका १२२ चिनियाँ नागरिकलाई ‘देश निकाला’ अर्थात डिपोर्टको तयारी थालिएको छ ।

अध्यागमन विभागले ती सबै चिनियाँ नागरिकलाई डिपोर्ट गर्ने तयारी थालेको हो । विभागले आवश्यक कागजात तयार पारेर उनीहरुलाई चिनियाँ दुतावासको परामर्शमा डिपोर्ट गर्न लागिएको हो ।

विभागका सूचना अधिकारी रामचन्द्र तिवारीका अनुसार थुनामुक्त भएका चिनियाँ नागरिकहरु मध्ये ६७७ जनासँग मात्रै पासपोर्ट भएको र बाँकीको छुट्टै कागजात बनाएर उनीहरुलाई डिपोर्ट गर्ने तयारी गरिएको जनाए ।

‘चार्ली फक्स्टर’ नाम दिएर चलाइएको अपरेसनमा गत पुस ८ गते १२२ जना चिनियाँ पक्राउ परेका थिए। पक्राउ परेकामध्ये ११४ पुरूष र ८ महिला छन् । उनीहरू काठमाडाैंको विभिन्न स्थानबाट पक्राउ गरिएका थिए । पक्राउ परेका चिनियाँबाट ७४७ थान मोबाइल, ल्यापटप ३३१, सिपियु ९८, मनिटर ९९, पेन्ड्राइभ २२, सिमकार्ड ३२७ र पासपोर्ट ६७ थानप्रहरीले फेला पारेको थियो ।

उनीहरूले इन्टरनेट प्रविधिको उच्चतम प्रयोग गरी साइबरजन्य अपराध गरेको देखिएको भनिए पनि प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org