ताजा समाचार

इरानले गर्‍यो इराकस्थित दुई अमेरिकी सुरक्षा अड्डामा मिसाइल आक्रमण

एजेन्सी । अमेरिकाले शुक्रबार ड्रोन हमलामा आफ्ना सैन्य प्रमुख कासिम सुलेमानीको हत्या गरेपछि बदला लिने बताएको इरानले अमेरिकी सेना बस्ने इराकको एन अल-असाद र इरबिलस्थित सैन्य अड्डामा दर्जन बढी रकेट आक्रमण गरेको छ ।

मंगलबार इरानमा सुलेमानीको अन्तिम संस्कार गरिने बताइएको भएपनि सोमा सहभागीबीच भागदौड मच्चिदा ३२ जनाको ज्यान गएपछि स्थगीत गरिएको थियो ।

अमेरिकी संचार माध्यम सिएनएनले अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको हवाला दिदैं इराकस्थित आफ्ना दुई सैन्य आधार क्षेत्रमा दर्जन ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमण भएको जनाएको छ ।

‘यी मिसाइलहरू इरानबाट हानिएको स्पष्ट छ। इराकका अल-असाद र इब्रिलका अमेरिकी सेना र उसका गठबन्दनका मानिसहरू बस्ने ठाउँलाई निशाना बनाइएको छ’,  अमेरिकी सुरक्षाको सार्वजनिक मामिला सचिवालयका सहायकले एक वक्त्वयमा भने ।

‘हामीले प्रारम्भिक क्षतिको अध्यन गरिरहेका छौं’, उनले थपे।

। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानले इराकमा रहेको सैनिक क्याम्पमा १२ वटा भन्दा धेरै मिसाइल आक्रमण गरेको पुष्टि गरेको छ। आक्रमण बारे अमेरिकी राष्ट्रपति ट्रम्पलाई हाल ब्रिफिङ भइरहेको छ।

इरानको सरकारी टेलिभिजनमार्फत पहिलोपटक आक्रमणको समाचार प्रसारण भएको थियो। इरानले अमेरिकाको साथ दिए आफू विरुद्ध उभिने कुनै पनि राष्ट्रमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएको छ।

शुक्रवार इराकमा अमेरिकाले गरेको हवाई आक्रमणमा इरानी सैन्य जनरल कस्सिम सोलेमानीको मृत्यु भएको थियो। इरानले त्यस लगत्तै कस्सिमको ‘हत्या’ को बदला लिने घोषणा गरेको थियो।

इरानी संसदले अमेरिकी सेना र पेन्टागनलाई आतंककारी समूह घोषणा गरेकै दिन इरानले अमेरिकी क्याम्पमा हवाई आक्रमण गरेर बदला लिएको हो।

इरानी सेना अन्तर्गतको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प’ ले आक्रमणको जिम्मेवारी लिएको बताइएको छ। अमेरिकी हवाई कारवाहीमा मारिएका कस्सिम यही कर्पमा प्रमुख थिए।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना नागरिक वा अमेरिकी सम्पत्तिमाथि आक्रमण गरे त्यस लगत्तै इरानका ५२ स्थानलाई ध्वस्त बनाउने प्रतिक्रिया दिएका थिए। इरानले भने अमेरिकाले फेरि आक्रमण गरे आजको भन्दा कडा प्रतिक्रिया दिएका छन्।

इराकमा करिब ५ हजार अमेरिकी सैनिक छन्। तर, अमेरिकाले सुरक्षा चुनौती बढेको भन्दै थप ३ हजार सेना मध्यपूर्वी क्षेत्रमा पठाउँदैछ। अमेरिकी मिसाइल, युद्धपोत र पानीजहाज पहिलेदेखि नै मध्यपूर्वमा तयार अवस्थामा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org