ताजा समाचार

बलात्कृत युवतीले गाउँ छाडिन्, बलात्कारीले मिठाई बाँडे !

काठमाडाैं । घरबाटै अपहरित एक युवती भारतमा बलात्कृत भएर फर्किएको तर अदालतबाट न्याय नपाएपछि घर छाडेको विषयलाई कान्तिपुरले एंकर समाचार बनाएको छ । ‘अनि नग्माले नेपालगन्ज छाडिन्’ शीर्षकको समाचारमा लेखिएअनुसार नेपालगञ्ज वनघुस्राकी २२ वर्षीया नग्मा (परिवर्तित नाम)लाई गत कात्तिक १३ गते गाउँकै निजामुद्दिन साई र मुबारक नाउले मोटरसाइकलको बीचमा राखेर अपहरण गरे ।

उनीहरुले रुपैडिया पुगेर अर्कै पुरुषको जिम्मा लगाए । ती पुरुषले बेहोस बनाएर नयाँदिल्ली पुर्‍याए । एक कोठामा राखेर पालैपालो बलात्कार गरे । अनेक प्रयासपछि उनी कात्तिक १७ गते घरमै फर्किन सफल भइन् । उनलाई भारतमा बेच्ने निजामुद्दिन र मुबारक गाउँमा निस्फिक्री घुमिरहेका थिए । नग्माले कात्तिक १८ गते उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा किटानी उजुरी दिइन् । उनीहरु पक्राउ परे । जिल्ला अदालतले मंसिर १७ गते उनीहरु दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दियो ।

तर, पीडक पक्षको उजुरीपछि तुलसीपुर उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गरिदियो । निजामुद्दिन र मुबारक एक-एक लाख धरौटीमा रिहा भए । गाउँ गएर खुसियाली मनाए । मासुको भोज खाए, मिठाई बाँडे । त्यही दिनदेखि नग्माले नेपालगञ्ज छाडिन् । उनी सर्वोच्च अदालतको ढोका ढक्ढकाउन अहिले काठमाडौं आएकी छन् ।

उनले इरानी सरकारले अमेरिकी सुरक्षाफौज र चाहनामाथि आक्रमण गर्ने योजना गरिरहेकाले आक्रमणपछि सुरक्षा आधार क्षेत्रलाई उच्च सतर्कतामा राखिएको बताए।

सो क्षेत्रमा रहेका अमेरिकी नागरिक, साथी तथा गठबन्धनको सुरक्षाका लागि आवश्यक कदम चालिने पेन्टागनले बताएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org