ताजा समाचार

गृहमन्त्रालयमा कार्यरत सशस्त्र प्रहरीले कुटे विद्युत प्राधिकरणका दुई कर्मचारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रको ‘नोलाइट’ टोलीमाथि सशस्त्र प्रहरीका सई र हवल्दारले कुटपिट गरेका छन् ।

मुलपानी लक्ष्मीनारायण चोकमा बिग्रिएको बिजुलीको लाइन मर्मत गरेर फर्किदै गरेका प्राधिकरणका दुई कर्मचारीमाथि सशस्त्रका प्रहरी सहायक निरिक्षक (सई) प्रवीण राई र हवल्दार छवीन्द्र राईले मादक पदार्थ सेवन गरेर निर्घात कुटपिट गरेका हुन् ।

नेपाल विद्युत् प्राधिकरण जोरपाटी वितरण केन्द्रको नोलाइट टोलीमाथि प्रहरीले कुटपिट गरेको छ । मादक पदार्थ सेवन गरेका प्रहरीको कुटपिटबाट २ कर्मचारी घाइते भएका छन् ।

जोरपाटी वितरण केन्द्र, मूलपानी नोलाइट केन्द्रका प्रमुख रामप्रसाद पौडेलका अनुसार कुटिनेमा प्राधिकरणका कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्का छन् ।

कुटपिटबाट खत्री र खड्का घाइते भएका छन् । घाइते खत्रीको हातको बूढीऔंला भाँचिएको छ भने सुवास खड्काको मुखमा चोट लागेको छ । घाइते दुवैको अहिले अर्थोपेडिक हस्पिटलमा राखेर उपचार भइरहेको प्राधिकरण जोरपाटी वितरण केन्द्र, मूलपानी नोलाइट केन्द्रका प्रमुख पौडेलले जानकारी दिए ।

आक्रमणमा संलग्न दुवै सशस्त्र प्रहरी कार्यदल दरबन्दी भई गृहमन्त्रालयमा कार्यरत छन् भने, उनीहरुलाई बाैद्ध प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org